छोटा कविता : बैरागी जेठा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १३ ।
घाँटी अँचेट्दै छ
आजको समाचारले
मान्छेहरु पीठोमा सुर्ती हालेर
समाजवादको व्याख्या गर्छन्
बृद्ध वरपिपलहरु
आँसु बगाउँछन्
गंगाजमुनाझैँ ।
यता म
तीनसय वर्षअघिको
मक्किएका पानाहरु पल्टाउँदै
पूँजीको गीत गाइरहेछु
वर्तमान नड.्ग्राहरु कोर्तछन्
जमीनहरु ।
म दोषी हूँ या
पूँजीका पाना पल्टाउन सिकाउनेहरु दोषी
चुपचाप रहन्छु र छु पनि
माष्टरहरु
के सिकाइरहेछन्
के बुझाउन कोशीष गरिरहेछन्
बाटोमा अलमल छु
देशेमरुझ्या धेरै थकित छ
मोटरहरु चिल्लाइरहन्छन्
हिँड्ने किनाराहरु
पासो हालेझैँ लाग्छ ।
बाटो ,अस्पताल ,चियापसल
सबै उस्तै उस्तै लाग्छ ।
आजकल मान्छेले
यो शहर किन कब्जागरिरहेछन्
जंगलका पातहरु प्रश्न गर्छन् ।
म
चियानको झ्यालबाट
संसार हेर्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।