नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ४ नं वडा कमिटीले शनिबार शुभकामना आदान प्रदान  गर्ने

कपन अनलाइन

काठमाडौं कात्तिक १२ ।  नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका वडा नं ४ नं वडा कमिटीले शुभकामना आदान प्रदान   चियापान  कार्यक्रम गर्ने भएको छ।

२०७८ साल कार्तिक १३ गते शनिबार बिहान ७:४५  बजे  बिशाल मिलन केन्द्रमा नेकपा एमालेका महासचिब तथा प्रतिनिधि सभा सदस्य  इश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा   नेकपा एमालेका केन्द्रीय सदस्य एबम प्रदेश सभा सदस्य नारायण शिलवाल , काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य , काठमाडौं महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्ट लगायतको उपस्थितिमा  २०७८ साल शुभ दिपावली, नेपाल संवत११४२ तथा छठ पर्वको अवसरमा आयोजित सो कार्यक्रममा उपस्थित हुनको लागि  नेकपा एमाले  काठमाडौं महानगरपालिका वडा नं ४ पार्टी  कमिटीले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।