प्रदेस सभा सदस्य कुसुम कार्कीको सचिवालय नै एमाले वडा अध्यक्ष उम्मेदवारको प्रचारमा

प्रदेस सभा सदस्य कुसुम कार्कीको सचिवालय नै एमाले वडा अध्यक्ष उम्मेदवारको प्रचारमा
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ४।
कार्तिक ६ गते हुने नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा अध्यक्षको उम्मेदवार रहेका एक नेताको पक्षमा नेकपा एकीकृत समाजवादीका काठमाण्डौ जिल्ला सचिव तथा बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको सचिवालय नै सक्रिय देखिएको छ।
प्रदेस सभा सदस्य कार्कीका स्वकीय सचिव र युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका विष्णु भट्टराईले एक अनलाइनमा प्रकासित भएको समाचार शेयर गर्दै हाल वडा नं १२ कमिटीका सचिव तथा अध्यक्ष पदका दावेदार विष्णु भट्टराई (मुखिया) लाई मेन्सन गरेका छन।
भट्टराईले सामाजिक संजालमा राखेको समाचार लिंक :
वडा अधिवेसन नजिकिदै गर्दा नेकपा एस बुढानिलकण्ठ (एस ) आफ्नो संगठन विस्तारमा भन्दा एमालेको राजनीतिमा निकै चासो र चिन्ता लिएको चर्चा चलिरहेको समयमा भट्टराईको एमाले उम्मेदवारको खुल्ला प्रचारमा लाग्नुले त्यसलाई पुस्टि गरेको एक बुद्दिजीवीले बताएका छन।
नेकपा एमालेको वडा र नगर अधिवेसन पश्चात असन्तुस्टहरुलाई समेटेर कमिटी गठन र विस्तार गर्ने योजना बनाएको नेकपा (एस ) बुढानिलकण्ठ-१२ का नेताहरुले आन्तरिक र सार्वजनिक रुपमा एमाले उम्मेदवारको प्रचार गर्नुलाई हल्का राजनीतिक स्टन्टका रुपमा लिनुपर्ने ति बुद्धिजीवीको विश्लेसन रहेको छ।
तपाइँको प्रतिक्रिया ।