नेकपा एमालेको अधिवेसन पर्खिदै नेकपा एकीकृत ( समाजवादी ) बुढानिलकण्ठ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

नेकपा एमाले बुढानिलकण्ठ अहिले कार्तिक ६ गते १३ वटै वडामा हुने वडा अधिवेसन र कार्तिक ९ गते हुने नगर अधिवेसनको तीव्र तयारीमा रहेको छ।

असोज १६ गते नेपाली कांग्रेसको नगर अधिवेसनले तातेको नगरको राजनीति नेकपा एमालेको अधिवेसन सगै थप गर्माएको छ। नजिकै रहेको स्थानीय निर्वाचन,प्रदेस तथा संघीय निर्वाचनमा पार्टीलाई नेतृत्व दिने कमिटी चयन हुने सो अधिवेसनलाई निकै चासो र रुची पुर्वक हेरिएको छ।

अझ यस पटक नेकपा एमालेको नगर अधिवेसनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भन्दा पनि नेकपा एकीकृत (समाजवादी) ले विशेष अध्ययन र आंकलन गर्दै निकै रुची पुर्वक हेरिरहेको एक बुद्दिजीवी बताउछन।

नेकपा एमालेमा अधिवेसनका कारण कुनै असन्तुस्टी आइहालेमा त्यसलाई अवसरका रुपमा लिने दाउमा रहेको नेकपा (एस) बुढानिलकण्ठ अहिले १३ वटै वडाका कमिटी गठन प्रक्रिया र अधिवेसन केन्द्रित गतिविधिमा विशेष रुपमा केन्द्रीत बनेको नेकका एस बुढानिलकण्ठका एक नेताले बताएका छन।

अवसर,परामर्श,पद,प्रलोभन र राजनीतिक पिडा विषयलाई निकै चातुर्यता पुर्वक उपयोग गर्दै आएको नेकपा (एस ) बुढानिलकण्ठले यस पटक अधिवेसनमा समेटिन नसकेर असन्तुस्ट बन्ने नेता तथा कार्यकर्ताहरुलाई विशेष प्राथमिकतामा राख्ने अनुमान गर्न सकिने एक स्थानीय नेताको विश्लेषण रहेको छ।

अहिले भूमिगत रुपमा नेकपा एमालेको अधिवेसन र त्यहाँ देखिने असन्तुस्टी अध्ययन गरेर अधिवेसन पश्चात कमिटी घोषणा गर्दै संगठन विस्तारमा लाग्ने बताउदै नेकपा एसका एक नेताले केहि समय पछी परिणाम देखिने धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।