बुढानिलकण्ठ-१० का अध्यक्षले जुवाडेहरुलाई नगर अस्पतालमा भर्ना गर्न नमानेपछि ……

बुढानिलकण्ठ-१० का अध्यक्षले जुवाडेहरुलाई नगर अस्पतालमा भर्ना गर्न नमानेपछि ……

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीबाट नगद २ लाख १५ हजार सहित पक्राउ परेका  १० जुवाडेलाई नगर अस्पतालमा भर्ना गर्ने योजना वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले नमानेपछि असफल बनेको खुलासा भएको छ।

असोज २८ गते दशैको नवमीका दिन बालुवाखानी बाट पक्राउ परेका उनीहरुलाई विरामी भएको बहाना बनाई  नगर अस्पतालमा  भर्ना गर्ने व्यवस्था  लागि आएको प्रस्ताव वडा अध्यक्ष भट्टराईले ठाडै अस्विकार गरेका हुन।

दशै टिकाको अघिल्लो दिन १२ थान तिन बुक तास र कौडा सहित पक्राउ परेका उनीहरुलाई प्रहरी कार्यालयको सट्टा बालुवाखानीमा रहेको ले नगर अस्पतालमा भर्ना गरेर राख्न एक परिचित व्यक्तिले अध्यक्ष भट्टराईलाई टेलिफोन सम्पर्क गरेर अनुरोध गरेको श्रोतले जानकारी दिएको छ।

त्यस पश्चात कपन प्रहरी निरीक्षकलाई सम्पर्क गर्दा माथिल्लो निकायको आदेस भन्ने जवाफ पाएको बताउदै अध्यक्ष भट्टराईले   त्यो निकाय कुन हो? भनि सोध्दा प्रहरी वृत बौद्ध  प्रमुख रहेको भन्ने जानकारी प्राप्त भएको बताएका छन।

नगर अस्पतालमा अहिले अस्थायी ओपिडी सेवा मात्र संचालनमा रहेकोले कुनै पनि विरामी भर्ना गर्न नमिल्ने र नगर अस्पताल कारागार वा थुनुवा कक्ष नरहेको जवाफ दिएको बताएका छन।

त्यस पश्चात नगर अस्पतालका कर्मचारलाई सम्पर्क गरेर कुनै पनि हालतमा भर्ना नगर्न निर्देशन दिएका अध्यक्ष भट्टराईले नगरवासीको   सार्वजनिक सम्पति नगर अस्पतालमा हाल इमर्जेन्सी र अन्य सेवा संचालनमा नरहेको जानकारी दिएका छन।

नवमीका दिन पक्राउ परेकाहरुलाई एक रात प्रहरी हिरासतमा राखेर टिकाको दिन नगर अस्पताल भर्ना गर्ने गर्ने गरि रचिएको फिल्मी झैँ लाग्ने सो जुवा प्रकरण निकै रोचक र गम्भीर रहेकोले यसमा को कसको मिलेमतो  छ ? त्यो खोजीको विषय रहेको अध्यक्ष भट्टराईको धारणा रहेको छ।

नगर अस्पतालमा भर्ना गर्न वडा अध्यक्षले नमानेपछि सो टोलीले चाबहिल क्षेत्रको एक निजि अस्पतालमा भर्ना गर्न खोज्दा त्यहाँ प्रति ब्यक्ति १३ हजार शुल्क लाग्ने बताइएपछी पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा नै ल्याइएको थियो।

 

तपाइँको प्रतिक्रिया ।