नेकपा एमाले बुढानिलकण्ठ -८ को अध्यक्षमा वडा सदस्य माधव पौडेलको दावी

नेकपा एमाले बुढानिलकण्ठ -८ को अध्यक्षमा वडा सदस्य माधव पौडेलको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

नेकपा एमाले बुढानिलकण्ठ -८ को अध्यक्षमा वडा सदस्य माधव पौडेलले  दावी गरेका छन। वडा नं ८ मा  नेकपा एमालेको गौरवपूर्ण इतिहासलाई अझ मजबुत बनाउनका लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने सदस्य पौडेलले बताएका छन।

२०६३/६४ शालमा साविक महांकाल गाउँ कमिटीको सदस्य रहेका पौडेल अनेरास्ववियु क्याम्पस कमिटी सचीव , अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष एवं सोबियु सचिब ,हुँदै अनेरास्ववियु रास्ट्रीय कमिटी सदस्य बनिसकेका छन।

अनेरास्ववियु केन्द्रिय प्रतिनिधि सदस्य ,युवासघ क्षेत्रीय सचिवालय सदस्य,युवा सघ काठमाडौ जिल्ला कमिटी सदस्य हुँदै दुई कार्यकाल शाखा  कमिटी उपसचिव बनेका पौडेल २०७० शाल बाट जनपक्षीय कलाकर्मी संघको केन्द्रीय सदस्य रहेका छन।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को सदस्यमा निर्वाचित बनेका पौडेल नेकपा एमाले निकट जन सांस्कृतिक महासंघको घटक संगठनको केन्द्रिय सचिवालय सदस्य हुन्।

 

 

तपाइँको प्रतिक्रिया ।