नेसनल प्याव्सन काठमाण्डौको दशैँ चिठ्ठामा “रातो घोर्ले खसी”

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

नेसनल प्याव्सन काठमाण्डौले विगतका वर्षहरुमा जही यस वर्ष पनि शुभ विजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान तथा आकर्षक चिठ्ठा कार्यक्रम आयोजना गरेको छ।

काठमाण्डौ जिल्लाका निजि शिक्षालयहरुको व्यावसायिक विकासमा सक्रिय रहेको नेसनल प्याव्सन काठमाण्डौले अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा असोज २३ गते सनिवार हुने कार्यक्रममा कविता संग्रह “बाल सृजना”  को पनि बिमोचन गरिने जानकारी दिएको छ।

नेसनल प्याव्सन काठमाण्डौले आयोजना गरेको कविता बाचन प्रतियोगितामा सृजना गरिएका कविताहरु “बाल सृजना” समेटिएको जानकारी दिदै संचार विभाग प्रमुख राजन श्रेष्ठले   शुभकामनासंगै दशैँ चिठ्ठामा रातो घोर्ले खसी प्रदान गरिने बताएका छन।

तपाइँको प्रतिक्रिया ।