लायन्स तथा लियो क्लब अफ काठमाण्डौं डाँफेको रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

लायन्स तथा लियो  क्लब अफ काठमाण्डौं डाँफेको रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,असोज १९ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डौं डाँफे तथा लियो क्लब अफ काठमाण्डौं डाँफे द्वारा संयुक्त रुपमा आयोजित “नियमित रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।

असोज १६ गते शनिबार नारायणटार, जोरपाटी स्थित चामुण्डा माध्यमिक बिद्यालय परिसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा रक्त संचार सेवाको प्रविधिक सहयोगमा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरबाट बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म चलेको  रक्तदान कार्यक्रममा ६ जना महिला तथा ५८ जना पुरुष गरि कुल ६४ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए ।

 रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाडौं डाँफेले प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।छोटो छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि ७५ जनाले रक्तदान गर्न इच्छा देखाए पनि  ६४ जनाले मात्र रक्तदान गरेको बताए ।उनका अनुसार ११ जना रक्तदाताको  विभिन्न स्वास्थ्य समस्या तथा  कोभिड खोप लगाएको कारणले रक्तदान गर्नबाट बन्चित भएको जानकारी गराए ।त्यसै गरि सोहि स्थानमा आयोजित मधुमेह परिक्षणमा १२२ जनाले मधुमेह परिक्षण गराएको पनि उनले जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।