राष्ट्रलाइ एकतामा जोड्न खेलकुदको भूमिका महत्वपूर्ण: डा.राजन भट्टराई

राष्ट्रलाइ एकतामा जोड्न खेलकुदको भूमिका महत्वपूर्ण: डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौं, असोज १९। खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराको साथमा  नेपाल खेलकुद महासंघ द्वारा आयोजित बुढानिलकण्ठ नगर भेला ,नगर तथा वडा कमिटि गठन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एबम विदेश  बिभाग प्रमुख डा. राजन भट्टराईले खेल क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताएका छन।

डा. भट्टराईले राष्ट्रलाइ एकतामा जोड्न खेलकुदको महत्वपुर्ण भुमिका रहने हुदा खेलको विकासका लागि सबैले हातेमालो गर्नु आवश्यक रहेको बताएका हुन ।स्वस्थ्य जिवन र बुढानिलकण्ठ नगरपालिकाको बिकासको लागी खेलकुदको बिकास अनिवार्य रहेको बताउदै नगर क्षेत्रमा खेलकुदको बिकासको लागी आफुहरुले पहल गर्दै आएको बताएका छन।खेलकुदले शारीरिक बिकासमा  योगदान पुर्याउनुको साथै अन्य धेरै प्रत्यक्ष र परोक्ष फाइदा  पुग्ने भएको हुँदा खेलकुदको बिकासका लागि  पार्टी केन्द्रको तर्फ बाट बिशेष महत्व दिएर जन संघठन निर्माणसमाबेश गरेको बताउदै सोहि मार्फत देश ब्यापी रुपमा काम अघि  बढाई रहेको बताए ।उनले बुढानिलकण्ठ क्षेत्रका खेलाडीहरुमा भएका सम्भावनालाइ अगाडी बढाउन योजना बनाउन अनुरोध गर्दै त्यसमा आफुले सहयोग गर्ने बताएका थिए । उनले नव गठित  नेपाल खेलकुद बुढानिलकण्ठ नगर तथा वडा कमिटिका सदस्यहरुलाई शुभकामना  दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।