भारतबाट उद्वार गरी स्वदेश फर्किएका १२ जना बालकहरुको परिवार संग पुर्नमिलन

भारतबाट उद्वार गरी स्वदेश फर्किएका १२ जना बालकहरुको परिवार संग पुर्नमिलन

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

हाल बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी सँगै बिद्यालय बन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा भारतको मुम्बइ पुगेका १३ देखि १७ वर्ष उमेर समुहका १२ जना नेपाली बालकहरु भारतको मुम्बइमा बाल कल्याण समिति मुम्बइ, राष्ट्रिय बाल अधिकार परिषद, शक्ति समुह, Jcycn र  RDC को समन्वय, सहकार्य र संयुक्त पहलमा बालकहरुको उद्वार, स्वदेश फिर्ति गरी आज राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएको छ ।
स्वदेश फिर्ति गरी पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका थिए । बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बाल धिकार परिषदमा कार्यरत नमुना भुषालले बालबालिकाहरुको बिषेश हेरचाह गर्ने मुख्य जिम्मेवार परिवारको रहेको जानकारी गराउनुभएको थियो भने बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रही निरिक्षक रुद्र बहादुर गीरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत बताएका छन् ।
कोभिड १९ को बेला बिद्यालय बन्द हुनु , बालबालिको बिषेश हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानब बेचबिखन तथा अन्य उत्पिडनका जोखिममा परेका कुरा शक्ति समुहको कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले जानकारी गराएका छन् ।

तपाइँको प्रतिक्रिया ।