नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी

नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टको उम्मेद्वारी

कपन अनलाइन

काठमाडौँ, असोज १६ ।नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टले उम्मेद्वारी दिएका छन् ।आसन्न १४ औँ नगर अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नाराका साथ बिष्टले उम्मेद्वारी घोषणा गरेका हुन  ।नेपाली काँग्रेस तरुण क्षेत्रीय कोषाध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा इकाई क्षेत्रीय प्रतिनिधि बिष्टले आज हुने नगर अधिवेशनमा नगर सचिवका लागि उम्मेद्वारी दिएका छन् । अबको स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत आज हुने  नगर अधिबेसनमा नगर सचिबमा आफ्नो उम्मेदवारी रहेको बताएका छन  ।

लामो समयदेखि समाजसेवामा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताउछ्न। बिगत पन्ध्र वर्ष देखि सामाजिक संस्था लायन्स क्लबको विभिन्न पदहरुमा रहि सेवा गरिरहेका, श्री देवि बाल सुधार मा.वि को व्यवस्थापन समितिका अध्यक्ष र स्वतन्त्र टोल सुधार समितिको समेत अध्यक्ष रहेका बिष्टले आफू सचिवमा निर्वाचित भए नेपाली काँग्रेसलाई थप क्रियासिल र चलायमान बनाउने बताएका छन । पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टी संगठनलाइ सबल एवं मजबुत बनाउँदै जनतामाझ लोकप्रिय बनाइ तिनै तहका निर्वाचनमा  पार्टीलाइ विजयी बनाउन भन्दै  बिष्टले सचिबमा उम्मेदवारी दिएको बताएका छन ।

सामाजिक कार्यमा पार्टी राजनीतिभन्दा माथि उठेर युवा जोश जाँगरका साथ काम गर्ने उनको स्वभावले सबैलाई आकर्षित गर्ने गरेको छ । बालक, युवादेखि बृद्धबृद्धासम्मको मनमा बस्न सफल  बिष्ट  नेपाली काँग्रेसको १४ औं नगर महाधिवेसन अन्तर्गत गोकर्णेश्वर नगर सचिबमा बिजयी भएमा  नेपाली कांग्रेस भित्रको गुट उपगुटको खाडललाइ पुरेर एकता बद्द नेपाली कांग्रेसको अवधारणालाइ साकार रुप दिन लागी पर्ने बताएका छन ।

 जन्मजात चारतारे झण्डामुनि गोलबद्ध  बिष्ट नगरको पार्टीलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको दोहोर्याउछन् । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको  समार्थ्य र शक्ति आफुले बुझेको भन्दै  बिष्टले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै सभापतिमा उम्मेदवारी दिएको बताउदै  क्षेत्रीय प्रतिनिधिहरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।