नेपाली कांग्रेस बुढानिलकण्ठमा “थ्री आर” को अन्तिम भिडन्त भोलि ,कसले मार्ला बाजी ?
कपन अनलाइन
काठमाडौं, असोज १५ ।
नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकी,राजुबिक्रम थापा र राजन बुढाथोकीको राजनीतिक दौडको फाइनल भोलि असोज १६ गते सनिवार अमुप्रस्थ पार्टी प्यालेसमा हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाको नेतृत्व गर्ने आकर्षक सभापति पदका लागि अहिले आकांक्षीहरु आन्तरिक तयारी र प्रचार प्रसारमा घनिभूत तरिकाले लागेका छन भने पहिला जस्तो खुलेर नदेखिए पनि नेताहरुले पनि लगभग आफ्नो उम्मेदवार तय गरिसकेका छन ।
नगर सभापतिका दावेदारहरुले लामो समय देखि व्यक्तिगत सम्पर्क र संजालमा प्रचारलाई तीव्रता दिएको अधिवेसनको पूर्वसन्ध्यमा नेता,कार्यकर्ता ,समर्थक र शुभचिन्तकहरु पनि निकै सक्रिय भएका छन।
पहिलो अक्षर अंग्रेजीको आर र नेपालीको “र ” बाट नाम शुरु भएका तिन नगर सभापतिका उम्मेदवारहरुको राजनीतिक दौडलाई सुखद वा दुखद के बनाउने अन्तिम फैसला भने भोलिकरिव २९२ प्रतिनिधिहरुले निर्धारण गर्नेछन।
नगर सभापतिको दौडमा रहेका राजन बुढाथाेकी क्षेत्र नं ५ मा पर्ने वडा नं ६ बाट क्षेत्रीय प्रतिनिधि बनेका छन भने राजाराम बुढाथाेकी क्षेत्र नं ४ मा पर्ने वडा नं ११ र राजुविक्रम थापा वडा नं १२ बाट प्रतिनिधि बनेका छन।
नगर सभापतिको दौड अन्तिम चरणमा पुग्दा बुढानिलकण्ठ नगरपालिकाका तिन वटा वडा रहेको कपन क्षेत्रको राजनीति पनि एक एक तातेको छ।कपन क्षेत्रका दुई नेता नगर सभापतिमा दावेदार बने संगै साविक कपन गाविसमा नेपाली कांग्रेस र अने दलहरुमा समेत यसले राम्रै चर्चा पाइरहेको छ।