जेष्ठ नागरिक दिवसमा १०० वर्ष उमेर नाघेका नगरवासीलाई नेकपा एमाले बुढानिलकण्ठको सम्मान
कपन अनलाइन
काठमाडौँ, असोज १५।
जेष्ठ नागरिक दिवसमा १०० वर्ष उमेर नाघेका नगरवासीलाई नेकपा एमाले बुढानिलकण्ठले सम्मान गरेको छ।
नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल , सदस्य तथा जेष्ठ कम्युनिस्ट मंच इन्चार्ज बिन्दा गौतम र वडा नं १० का सदस्य भुव प्रसाद रेग्मी सहितको टोलीले वडा नं १० र १२ का दुई जना १ सय वर्ष नाघेका जेष्ठ नागरिकलाई उनीहरुको निवासमै पुगेर सम्मान गरेका हुन् ।
सो अवसरमा १०१ वर्षीय लक्ष्मी प्रसाद पुरी र जगत कुमारी श्रेष्ठलाई निवासमा पुगेर सम्मान गरिएको थियो भने असोज १६ र १७ गते पनि दुई /दुई जना जेष्ठ नागरिकलाई सम्मान गर्ने अध्यक्ष प्रदिप डंगोलले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।