नेपाली कांग्रेस शंखरापुर नगरसभापतिमा सत्यमान लामाको उम्मेदवारी घोषणा
कपन अनलाइन
काठमाडौं, असोज १५ । नेपाली कांग्रेस शंखरापुर नगरपालिकाको नगर सभापतिमा सत्यमान लामाले उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं ३ को वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका लामाले आफ्नो नेतृत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत असोज १६ गते हुने नगर अधिबेसनमा नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
शंखरापुर नगरपालिका वडा नं ३ स्थित बोजेनिमा जन्मेका लामा नेपाली काङ्ग्रेसको शंखरापुर नगर समितिमा सचिवको रुपमा कार्य गरिसकेका ब्यक्ति हुन । सामाजिक कार्यमा पनि त्यतिकै रुची राख्ने लामाले राजनीतिलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिदै आएका छन् । काँग्रेसमा तल्लो तहदेखि नै युवा नेतृत्वको कुरा चलिरहेको बेला अग्रजको सम्मान गर्दै युवालाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उनले उक्त पदमा उम्मेदवारी दिन लागेको बताएका छन । पशुपति क्याम्पस चाबहिलदेखि नै नेपाल विद्यार्थी संघमा आवद्द हुदै सकृय राजनितीमा लागेका लामा २०७४ सालको स्थानिय तहको निर्बाचनमा वडा अध्यक्षका प्रत्यासी समेत हुन।
पार्टी तथा भातृ संगठनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सबै वडा सभापति तथा निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसजनले आफूलाई नगर सभापतिमा योग्य ठान्नेमा विश्वस्त रहेको बताउछन।जन्मजात चारतारे झण्डामुनि गोलबद्ध लामा नगरको पार्टीलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको दोहोर्याउछन् ।कांग्रेसमा अधिवेशन र चुनावमा मात्र कार्यालय खोल्ने जस्तो परम्परालाई तोड्दै व्यवस्थित नगर पार्टी कार्यालय सञ्चालन मार्फत नियमित गतिविधि र अभियान संचालन गर्ने योजना सुनाउदै उनले नेपालीकांग्रेस शंखरापुरमा सबैलाई सम्मान जनक रुपमा समेट्ने समेत बताएका छन ।नेपाली कांग्रेस भित्रको गुट उपगुटको खाडललाइ पुरेर एकता बद्द नेपाली कांग्रेसको अवधारणालाइ साकार रुप दिन पनि आफ्नो उम्मेदवारी रहेको हुँदा क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न उनले अनुरोध गरेका छन ।