Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242441948_1715598458644888_5964246382419048047_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ढलमा खसेर बालक बेपत्ता प्रकरण : युवा संघ नेपाल बुढानिलकण्ठले ज्ञापनपत्र बुझायो

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

युवा संघ नेपाल, बुढानीलकण्ठ नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकाका वडा नं १० र १२ तथा काठमाडौं महानगरपालिकाको वडा नं. ६ मा ज्ञापन पत्र बुझाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ र काठमाडौं महानगरपालिकाको वडा नं. ६ को सीमानामा रहेको निर्माणाधीन बक्स कल्भर्टमा परेर एक किशोर बेपत्ता भएको सन्दर्भमा निर्माणस्थलमा पर्याप्त सुरक्षा नअपनाएको भन्दै युवा संघ नेपालका बुढानीलकण्ठ नगर कमिटीले  ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा  वडा अध्यक्षहरुले निर्माणस्थलमा देखिएका कमजोरीलाई सच्याउन पहल नगर्ने भएका कारण स्थानीय जनताको ज्यान जोखिममा परेको आरोप युवा संघले लगाएको छ ।

मितिः २०७८ असोज ०६
श्रीमान् वडाअध्यक्षज्यू
बुढानीलकण्ठ नगरपालिका
वडा नं. १२
विषय ः ज्ञापनपत्र पेश गरिएको सम्बन्धमा ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ र काठमाडौं महानगरपालिका वडा नं. ६ को सिमानामा रहेको खोल्सामा बन्दै गरेको बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा नै छोडेको र जोखिमयुक्त अवस्थामा रहेको कारण मिति २०७८ असोज ०५ गते साँझ अन्दाजी १२ वर्षको बालक खसेर बेपत्ता भएको घटनाले युवा संघ नेपाल, बुढानीलकण्ठ नगर कमिटीको ध्यानाकर्षण भएको छ । जनताको जीउ ज्यानको सुरक्षा दायित्व बोकेर निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले समयमै आवश्यक समन्वय नगर्दा यस्तो दुःखद् घटना घटेको हो भन्ने हाम्रो ठहर रहेको छ । तसर्थ युवा संघ नेपाल निम्न मागहरु राखी स्थानीय सरकारको तुरुन्त ध्यानाकर्षण होस् भनी निम्न लिखित मागहरु पेश गर्दछ ।
१) बेपत्ता बालकको तुरुन्त खोजी गरी अवस्था सार्वजनिक गरियोस् ।
२) निर्माणाधीन कल्भर्टलाई तुरुन्त पूरा गरियोस् ।
३) तत्कालका लागि नगरपालिकाबाट उक्त जोखिमयुक्त स्थानमा बारबेरा गरी सुरक्षित गरियोस् ।
४) साततले आनीगुम्बा योजना टेन्डर परिसकेको भन्ने जानकारीमा आएकाले तुरुन्त काम सुरु गरियोस् ।
५) पिडित बालकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् ।
६) विकास निर्माणको कामहरुमा भैरहेको लापरवाहीले यस्ता घटना नियमित घटिरहेकोले सम्बन्धित निकाय र पक्षलाई जिम्मेवार बनाइयोस् अन्यथा सर्वसाधारणको नजरमा स्थानीय तह यस्ता घटनाको जिम्मेवार हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

हार्दिक अभिवादन सहित

तपाइँको प्रतिक्रिया ।