नेपाली कांग्रेस बुढानिलकण्ठ-१० को सभापतिमा नारदमणि घिमिरे, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस बुढानिलकण्ठ-१० को सभापतिमा नारदमणि घिमिरे, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को सभापतिमा नारदमणि घिमिरे निर्वाचित भएका छन। वडा नं १० को मिलनचोक पार्टी भेन्युमा भएको  अधिवेसनले घिमिरेलाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनले उपसभापतिमा नेत्र प्रसाद भट्ट र शेर बहादुर श्रेष्ठ निर्वाचित भएका छन भने नबिन बन र डिल्लीराम बिमली सचिवमा निर्वाचित भएका छन।

रेवतीरमण ढकाल र सुनिता श्रेष्ठ सहसचिव र कालिका श्रेष्ठलाई कोषाध्यक्षमा निर्वाचित गरेको अधिवेसनबाट कृष्ण प्रसाद न्यौपाने,अर्जुन सिलवाल ,गजेन्द्र बहादुर श्रेष्ठ ,महाधन राई ,सोनु लामा ,तारा नेपाली ,लक्ष्मी निरौला ,राज कुमार कार्की ,बिरेन्द्र बस्नेत,भगवती भुर्तेल,मनिष थापा, विष्णु प्रसाद लुइँटेल र सुदर्शन पौडेल सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।