नेपाल खेलकुद महासंघले राष्ट्रिय खेल नीतिको प्रस्ताव तयार गर्ने

नेपाल खेलकुद महासंघले राष्ट्रिय खेल नीतिको प्रस्ताव तयार गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाल  खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेल नीतिको प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न नेकोसको केन्द्रिय पदाधिकारी बैठकले राष्ट्रिय खेल नीतिको लागि प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।नेपालमा राष्ट्रिय खेल नीति अहिलेसम्म बन्न सकेको छैन । युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तावित राष्ट्रिय खेल नीति थन्किएर बसेको छ ।

पछिल्लो समय तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपाइलीको पालामा खेल नीतिबारे छलफल समेत भएको थियो । तर त्यो भन्दा प्रक्रिया अघि बढ्न सकेन ।

पछिल्लो समय जगत विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन बनाएर कार्यान्वयनमा ल्याए । तर खेलकुद ऐनको सफल कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय खेल नीति नहुँदा घरेलु र अन्तराष्ट्रिय खेलकुदमा नेपालको लक्ष्य र तयारीको प्रष्ट खाका छैन ।

नेकोसको पदाधिकारी बैठकले थाती रहेको नेपालको राष्ट्रिय खेल नीतिको लागि प्रस्ताव तयार गर्नेदेखि स्थापना दिवसका अवसरमा मेचि–महाकाली राष्ट्रिय खेल जागरण अभियान सञ्चालन गर्ने र अन्तराष्ट्रिय आबद्धता र सहकार्य गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।