नेपाली कांग्रेस काठमाण्डौ -४ को सभापतिमा भोला लामिछानेको दावी

नेपाली कांग्रेस काठमाण्डौ -४ को सभापतिमा भोला लामिछानेको दावी

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाली कांग्रेस काठमाण्डौ -४ को सभापतिमा भोला लामिछानेले दावी गरेका छन। असोज ५ गते भएको वडा अधिवेसनले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गरे संगै लामिछानेले क्षेत्रीय सभापतिमा दावी गरेका हुन।

२०४३ शालामा नेवि संघको सदस्यता प्राप्त गर संगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका लामिछानेले २०४८ शाल देखि साविक चपली इकाई समितिमा विभिन्न जिम्मेवारी बहन गरेका थिए।

२०५४ देखि २०६३ शाल सम्म साविक चपली इकाई समितिको सभापति रहेका उनि २०५४ शालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट उपाध्यक्षको उम्मेदवार रहेका थिए।

२०६३ शालमा काठमाण्डौ क्षेत्र नं ४ को कोषाध्यक्षका रुपमा योगदान दिएका उनि  २०६७ शालमा भएको काठमाण्डौ जिल्ला अधिवेसनमा खुल्ला तर्फको सदस्य बनेका थिए।

बुढानिलकण्ठ क्षेत्रमा खानेपानी ,विकास निर्माण र अन्य सामाजिक अभियानमा सक्रिय रहेका लामिछानेले शशक्त कांग्रेस बनाउदै सबै तहका निर्वाचनमा बिजयी बनाउनका लागि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन।

तपाइँको प्रतिक्रिया ।