नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ बाट को को बने क्षेत्रीय प्रतिनीधि ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ ले १८ जनालाई क्षेत्रीय प्रतिनिधि चयन गरेको छ।वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको अधिवेसनले विभिन्न क्षेत्रका क्रियाशील सदस्यहरुलाई क्षेत्रीय प्रतिनिधिमा चयन गरेको हो।

सो अधिवेसनले खस आर्य तर्फ -३, खुल्ला तर्फ- ६, महिला खुल्ला तर्फ – ३ ,महिला जनजाती तर्फ -१ ,महिला खस आर्य तर्फ -१ ,महिला दलित तर्फ -१ ,जनजाती तर्फ -२ ,मधेसी -१ र अपांग -१ गरेर १८ जनालाई प्रतिनिधि चयन गरेको छ।

जसमा खस आर्य तर्फ बृहस्पति चालिसे र मनोज सिग्देल निर्वाचित भएका छन भने खुल्ला तर्फ राजुबिक्रम थापा , कुल प्रसाद कोइराला , टंक प्रसाद सापकोटा , दामोदर भट्टराई ,नवराज खनाल र विश्वनाथ दाहाल निर्वाचित भएका छन।

खुल्ला महिला तर्फ कमला खनाल, कान्ता दाहाल अधिकारी,मन्जु अर्याल खतिवडा निर्वाचित भएका छन भने खस आर्य महिला तर्फ बिमला कोइराला ,जनजाती महिला तर्फ युग कुमारी श्रेष्ठ र दलित महिला तर्फ कल्पना नेपाली निर्वाचित भएका छन।

त्यस्तै जनजाती सदस्य तर्फ कृष्ण बहादुर तामाङ र छिरिङ्ग वाङ्गचुक शेर्पा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन भने अपांग तर्फ केशव ढकाल र मधेसी तर्फ महेन्द्र प्रसाद शाह निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।