मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा नयाँबस्तिबाट एकजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज ५ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सो आरोपमा  गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भइ हाल बौद्ध बस्ने वर्ष २४ वर्षीय तेजबहादुर खड्का पक्राउ परेका छन । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले विशेष सूचनाको आधारमा खड्कालाई पक्राउ गरेको हो। साथै उनले लुकाई पार्किङ गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो।

उक्त स्कुटर असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए।

यस्तैं महाशाखाले अनुसन्धानका क्रममा खड्काले चोरी गरी बास्तबिक नम्बर परिवर्तन गरी प्रदेश३-०२-०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत फेला पारेको हो। वास्तविक नम्बर बागमती प्रदेश०२-०१७प ७८०३ भएको उक्त मोटरसाईकल भदौ ३० गते काठमाडौंको काँडाघारी स्थित पार्किङबाट हराएको थियो।

उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भइ काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।