निजामति कर्मचारी संगठनको कार्यालयमा प्रहरी ,कर्मचारी नेताहरु पक्राउ

निजामति कर्मचारी संगठनको कार्यालयमा प्रहरी ,कर्मचारी  नेताहरु पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज ५ ।

नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । एमाले विभाजनसँगै कर्मचारी संगठन पनि विभाजित भएको छ ।

अध्यक्ष केदार देवकोटासहितको संस्थापन पक्ष केन्द्रीय कार्यालयमा काम गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको भवानी दाहालले बताएकी छन   ।

सिंहदरवारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेको हो । प्रहरीले दुवै पक्षका नेताहरुलाई पक्राउ गरेको छ ।

अध्यक्ष केदार देवकोटासहित संस्थापन पक्षका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा लगिएको छ भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा लगिएको छ ।

तपाइँको प्रतिक्रिया ।