सहमति ,सहकार्य र भाइचाराका साथ वडा स्तरीय महाधिवेशन सम्पन्न गर्न क्षेत्रीय सभापति सन्तोष चालिसेको अपिल

सहमति ,सहकार्य र भाइचाराका साथ वडा स्तरीय महाधिवेशन सम्पन्न गर्न क्षेत्रीय सभापति सन्तोष चालिसेको अपिल

कपन अनलाइन

काठमाडौं असोज ४ ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले भोलि बाट हुन गइरहेको१४ औं महाधिवेशनको अवसरमा काठमाडौं जिल्लाको क्षेत्रहरु अन्तरगत क्षेत्र नं ३ नेपाली काग्रेस वडा स्तरीय महाधिवेशन सभ्य भव्यताका साथै सम्पूर्ण वडाहरुमा सहमति सहकार्य र भाइचाराका साथ सम्पन्न गर्नको लागि अनुरोध गरेका छन।

साथै उनले नेपाली कांग्रेसको इतिहासमा सन्देश दिन सम्पूर्ण क्रियाशील सदस्य तथा शुभेच्छुक सबैमा अपिल गरेका छन। कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै क्षेत्रीय सभापति चालिसेले पाली काँग्रेस लोकतन्त्रको पर्यायबाची भएकाले काँग्रेस सुदृढ र बलियो भए मात्र लोकतन्त्र बालियो हुने बताएका छन ।कोरोना महामारीकै बीच सुरु गर्नु परेको महाधिवेशनमा सामाजिक दूरी कायम गरी सहभागी हुन अनुरोध समेत गरेका छन्।

 

 

तपाइँको प्रतिक्रिया ।