स्वास्थ्यकर्मी तथा बिभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलको सम्मान
कपन अनलाइन
काठमाण्डौ ,असोज ३।
कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा बिभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ ।
मिल्सबेरी महोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो । बिभिन्न बहानामा आउने महामारीले जनधनका साथै समाजलाई नै नकारात्मक असर गरीरहेको बेला मिल्सबेरी स्कुलले आयोजना गरेको यो कार्यक्रम प्ररणादायी भएको नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बताएका छन।
उनले आफ्नो परिवार भन्दा पनि जनता सर्र्वश्रेय हुन भन्ने भावनाले यस पटकको कोरोना संक्रमण उच्च भएको बेला स्वास्थ्यकर्मीहरुले उच्च हौसालका साथ काम गरेको कारण कोरोना संक्रमणका कारण लाखौंको ज्यान जोगाउन सफल भएको बताएका थिए।
कोरोना सक्रमितलाई जोगाउन योगदान पुर्याए वापत नेपाली सेनाले संचालन गरेको बीरेन्द्र अस्पताल, सशस्त्र प्रहरीले संचालन गरेको एपीएफ अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललाई सम्मानित गरिएको थियो भने कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउने एम्बुलेन्स चालकलाई पनि सम्मानित गरिएको थियो ।
स्कुल परिसरमा सामाजिक दुरी कायम गरी संचालन गरिएको कार्यक्रममा सम्मानितहरुलाई हौसला दिन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, क्रिकेटर पारश खड्का लगायतका सम्मानित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्कुलका अध्यक्ष शुसील दाहालले हामीले नगरे कस्ले गर्ने भन्ने प्रेरणाबाट प्रभावित भएर समाजकालागि उदाहरणीय काम गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थालाई सम्मान गरेको जानकारी दिएका छन ।