कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरेका छन । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।