कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुदै

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुदै

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

कक्षा १२ को वार्षिक  परीक्षा आज(बुधबार)देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो।

परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।