काठमाडौं उपत्यकामा आज (बुधबार) दिनभर मौसममा बदली हुने

काठमाडौं उपत्यकामा आज (बुधबार) दिनभर मौसममा बदली हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

काठमाडौं उपत्यकामा आज (बुधबार) दिनभर मौसममा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् ।
काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ । सात वटै प्रदेशमा आज मौसममा बदली रहने र सामान्य तथा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार राति देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।