बुढानिलकण्ठ नगरपालिकामा योजना सम्झौताका लागि घुम्ती टोली परिचालन हुने , कहिले ?

बुढानिलकण्ठ नगरपालिकामा योजना सम्झौताका लागि घुम्ती टोली परिचालन हुने , कहिले ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २९।

बुढानिलकण्ठ  नगरपालिकाकाे याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखाले याेजना सम्झाैताका लागि  घुम्ती सेवा  प्रदान गर्ने भएकाे छ । २०७८ साल आश्विन ६ गते देखि १५ गते सम्म आ.व. २०७८/०७९ काे वडा स्तरीय याेजना सम्झाैताका गर्नका लागि घुम्ती टाेली परिचालन गरिने छ ।

“मंसिर मसान्तसम्म सबै वडा स्तरीय याेजनाहरू सम्पन्न गर्ने लक्षय भएकाेले, यस घुम्ती सेवा मार्फत कम्तीमा वडा स्तरीय याेजनाकाे ५० प्रतिशत अथवा सबै वडा गरि कम्तीमा १० वटा याेजनाहरू सम्झाैता प्रक्रिया अगाडि बढाउने” याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख महेश प्रसाद पाठकले बताएका छन।

याेजना सम्झाैता गर्नकाे लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्नका लागी लांभावीत वर्गहरू, उपभाेक्ता समितिमा साथै वडा जनप्रतिनिधिहरूलाइ हार्दिक अनुराेध गरिएकाे छ ।

२०७८ आश्विन ५ गते भित्र वडा अध्यक्ष/सचिवकाे अगुवाइमा उपभाेक्ता समितिकाे गठन गर्नुपर्ने छ । साे समयावधी भित्र नै सम्बन्धित वडा हेर्ने प्राविधिकले लागत अनुमान तयार गर्नुपर्ने छ । जस पश्चात, आश्विन ६ गते देखि १५ गते सम्म  याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखाकाे घुम्ती टालीले याेजना सम्झाैताकाे प्रकृया अघाडि बढाउने छ ।

याेजना सम्झाैता हुने स्थानकाे विवरण यस प्रकार रहेकाे छ ।

क्र. स. वडा नं. मिति सम्झौता हुने स्थान
१,३ र ५ २०७८/०६/६ र ७ ५ नं. वडा कार्यालय
२०७८/०६/०८ २ नं. वडा कार्यालय
२०७८/०६/१० ४ नं. वडा कार्यालय
६ र ७ २०७८/०६/११ ६ नं. वडा कार्यालय
८ र ९ २०७८/०६/१२ ८ नं. वडा कार्यालय
१०, ११ र १२ २०७८/०६/१३ १० नं. वडा कार्यालय
१३ २०७८/०६/१५ १३ नं. वडा कार्यालय

 

तपाइँको प्रतिक्रिया ।