यसरी बनाइए सभासदहरु 'वेबकुफ'

१५ जेठ,काठमाडौ। संविधान बनाउन भनेर संविधानसभाका लागि चुनिएका  सभासदहरुलाई हिजो भने ‘वेबकुफ’नै बनाइयो। ११ बजे  संविधानसभाको वैठकको लागि आइतवार बोलाएका सभासदहरु दिनभरि कुर्ने काम मात्र गरे । शीर्ष नेताहरुको वैठकमा के हुँदैछ भनेर उनीहरुलाई औपचारिक जानकारी सम्म गराइएन।

नारा लगाउन र आक्रोश व्यक्त गर्नेमै वित्यो उनीहरुको दिन। संविधानसभाको भविष्य के हुँदैछ भनेर थाहा नपाएका उनीहरु कुहिरो काग भएका थिए। अरु त अरु संविधानसभा भंग हुँदैछ भनेर समेत उनीहरुले थाहा पाएनन्। राती ११ बजे सम्म पनि संविधान जारी हुन्छ कि भनेर कुरेर बसेका थिए सभासदहरु।मन्त्रीपरिषदको वैठकले नयाँ निर्वाचनको घोषणा गरेको सञ्चारमाध्यमबाट थाहा पछि मात्रै उनीहरु वास्तविकताबाट अवगत भएका  थिए।त्यसपछि निराश हुँदै सभासदहरु  फर्किएका थिए।
सभामुख सुवास नेम्वाङले पनि वैठक डाकेर सभासदहरुलाई अन्तिम पटक बोल्न दिन उचित सम्झेनन् भने दलका ठुला नेताहरुले पनि सभासदहरुलाई के हुँदैछ र किन भनेर जानकारी गराउन दिलचस्पी देखाएनन् ।
तपाइँको प्रतिक्रिया ।