‘माध्यामिक तहसम्म सूचनाको हक पढाउ’

‘माध्यामिक तहसम्म सूचनाको हक पढाउ’

काठमाडौं, २६ फागुन /संसदीय समितिले माध्यामिक तहसम्मको पाठ्यक्रममा सूचनाको हक समावेश गर्न सरकारलाई निर्देशन दिएको छ । संसद्को विकास समितिको सोमबार बसेको बैठकले माध्यामिक तहसम्मको पाठ्यक्रम र सरकारी तालिमका पाठ्यक्रममा पनि सूचनाको हक सम्बन्धी विषय समावेश गरी पठनपाठन गराउन नेपाल सरकारलाई निर्देशन दिएको हो ।

rti

समितिको आजको बैठकले सूचनाको हशसम्बन्धी ऐनमा रहेका कमी कमजोरी सच्याएर संसोधन विधेयक लैजान सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई संसोधन गर्ने विधेयकको तयारी गर्न सूचना आयोगलाई निर्देशन दिएको छ । यस्तै समितिले नागरिकसम्म सूचनाको पहुँच विस्तार गर्न सरकारी संचारमाध्यामलाई अझ प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ ।

यसैगरी, समितिले सूचना संरक्षणका लागि अभिलेखहरुको वैज्ञानिक व्यवस्थापन जरुरी भएको भन्दै सबै सार्वजनिक निकायहरुलाई अभिलेखहरुलाई डिजीटालाईज गर्न पनि निर्देशन दिएको छ । समितिले सबै सार्वजनिक निकायमा सम्बन्धीत विषयकै सूचना अधिकारी तोक्न पनि निर्देशन दिएको छ ।

समितिले सरकारले राखेका सबै निकायका नागरिक बडापत्रलाई व्यवस्थित गर्न र बडापत्रमा भने अनुरुप नागरिकका कमलाई सरल र सहज रुपमा सम्पादन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समितिले सार्वजनिक निकायहरुले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को कार्यान्वयन गर्दा नागरिकले सूचना पाउने मौलिक हक प्रति बढि संवेदनशील भई कार्यसम्पादन गर्न,गराउन सम्बन्धित सबै सार्वजनिक निकायहरुलाई निर्देशन दिएको छ ।

समितिले गोपनियताको हक तथा सूचनादाताको सुरक्षासरंक्षण सम्वन्धमा छुट्टै कानून बनाई व्यवस्थित गर्न आवश्यक देखिएको भन्दै सो सम्वन्धी कानूनको मस्यौदा गरि व्यवस्थापिका संसदमा विधेयक दर्ता गराउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

तपाइँको प्रतिक्रिया ।