मन्दिरको बोको चोर्नेलाई ३० हजार जरिवाना

मन्दिरको बोको चोर्नेलाई ३० हजार जरिवाना

सिन्धुपाल्चोक, २६ फागुन । बली दिनका लागि मन्दिरमा चढाइएको बोको चोरी गरेको आरोपमा सिन्धुपाल्चोकको जलवीरेवासीले ३० हजार रुपैयाँ जरिवाना तिराएका छन् ।

khasi
स्थानीय चन्द्रप्रसाद श्रेष्ठले चढाएको बोको चोरेको आरोपमा इर्खु गाबिसका भक्तबहादुर कार्कीलाई २५ हजार, जलवीरेका पदमबहादुर श्रेष्ठ र हिरामाया भण्डारीलाई जनही २५ सय रुपियाँ गरी ३० हजार जरिवाना तिराइएको हो ।
उनीहरुले जलवीरे प्रहरी चौकीमा गएर सो जरिवाना रकम तिरेका थिए । केहिबर्ष अघिदेखि जलबीरे–९ स्थित बनकाली देबीको मन्दिरमा छाडिएको बोकाले दुख दिएर हैरान पारेको भन्दै जलवीरेका पदम र हिरामायाले त्यो बोकालाई भक्तबहादुरको जिम्मा लगाएका थिए ।

तपाइँको प्रतिक्रिया ।