कोरोनाको सकारात्मक पक्ष : दुर्गा रिमाल (कविता )

कोरोनाको सकारात्मक पक्ष : दुर्गा रिमाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

कोरोना मुटुको किलो हुन गई सन्त्रास भो जिन्दगाी
मैलो फोहोर वायु दूषण हँुदा बल्झिन्छ खोकी बढी ।।

लड्नैपर्दछ एक भै निडरको सोचौं विजेता बनी
मर्नेको पिर हैन जुट्नु छ सबै बाँची बचाऊँ भनी ।।

बाँडौं ज्ञान अदृष्य शक्ति शिवको गर्दै सदा चिन्तन
फालौं सोच अवाञ्छनीय घटना बन्ने गरौं उत्सुक ।।

सारा विश्व चिनाउने नव सुधा सोच्ने कुरा बिल्कुल
आत्माको बल हो निकाल भय त्यो भाग्नेछ है कोभिड ।।

बाँडौं प्राविधिकी सुचेत रचना जित्ने बनौं काल नै
आफ्नै संस्कृति यो प्रसिद्घ छ भने देखासिकी छोड्छु मै ।।

नेताजी नफुटुन् जुटुन् सुमनका माला बनी विश्वमा
मान्ने यैछ जिजीविषा सकलको हो साधना सोचमा ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।