नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.विष्णु केसीको तयारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.विष्णु केसीको तयारी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.विष्णु केसीले लड्ने तयारी गरेका छन। तिस वर्ष देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बसोवास गर्दै आएका केसीले रामेछापको कुशेश्वर मावीमा ने वी संघ बाट राजनीति शुरु गरेका थिए।

हाल नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको भाषा ,साहित्य ,कला र संस्कृतिक विषयको बिज्ञ रहेका डा. केसी गत प्रजातान्त्रिक प्राध्यापक संघको गत अधिवेसनमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार रहेका थिए।

पशुपति बहुमुखी क्याम्पसको प्राध्यापक संघमा अध्यक्ष रहेर ४ वर्ष योगदान दिएका डा. केसी कपन साहित्य समाजको उपाध्यक्ष पनि रहेका छन।

दुई दर्जन भन्दा बढी साहित्यिक कृतिको रचना गर्नुका साथै ५० भन्दा बढी पाठ्य पुस्तकको सह लेखन गरेका उनले  नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा योगदान दिने अवसर प्रदान गर्नका लागि सबै मतदाता क्रियाशील सदस्यहरुलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।