बा त हाम्रा देबता हुन : सुदन लुइँटेल (कविता )

बा त हाम्रा देबता हुन : सुदन लुइँटेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन
किनेर किन्न पाइदैन
बा भैदिये अरु चाहिदैन

जे माग्यो ल्याइदिने
बा भन्नेबित्तिकै आइदिने
रुन लागे हसाइदिने
तालि बजायेर गाइदिने

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

शिक्षा दिने उनैले हुन
सधै परिबारको मात्रै धुन
काधमा बोकि डुलाउने
हासि हासि खेलाउने

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

चप्पल फटायेर हुन्छकि
खाजा कटायेर हुन्छकि
सन्तानलाइ दिये सुख
आफुले गरे दुख

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

उनि खालि पेटमा
तरपनि मुस्कुराउछन हाम्रो भेट्मा
अझै खालि खुट्टामा
रहर छैन जुत्तामा

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

सन्तानले खाये पुग्छ
छोराछोरिले लाये पुग्छ
मुसुक्क मुस्कान पाये पुग्छ
सामिप्यमा आये पुग्छ

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

उनकै मिठो काख
चाहिदैन अरुका लाख
बिगार गर्दानि हासिदिने
सुकोमल माया गासिदिने

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

परिबार हासे पुग्छ
मन सन्ङ मन गासे पुग्छ
आफ्ना लागि हेर्दैनन
बोलि कहिले फेर्दैनन

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

भारि पनि बोके
हम्मर पनि ठोके
कैले बने डोके
जागिर खाये ढोके

हाम्रै लागि केके गरे
अप्ठ्यारोमा पनि परे
पहाडबाट बेशि झरे
मुग्लान तिर पनि सरे

बा त हाम्रा देबता हुन
उनका तिर्न सकिदैन गुन

तपाइँको प्रतिक्रिया ।