छाडा चाैपायाहरूलाई व्यवस्थित गर्दै कास्की प्रहरी

छाडा चाैपायाहरूलाई व्यवस्थित गर्दै कास्की प्रहरी

कपन अनलाइन 

काठमाडौं ,भाद्र १९ । छाडा चाैपायाहरूका कारण ट्राफिक व्यवस्थापन असर परेकाे भन्दै जिल्ला प्रहरी कास्की,ट्राफिक प्रहरी कास्की र पाेखरा महानगरपालिका चाैपाया व्यवस्थापनमा लागेकाे छ । छाडा चाैपायाहरूका कारण सडक दुर्घटनाकाे सम्भावना वढाएकाे भन्दै कास्की प्रहरी र महानगरपालिकाले छाडा गाईबस्तुलाई नियन्त्रणमा लिएकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले सडकमा छाडा छोडिएका ७२ भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएको बताए ।

ट्राफिक प्रमुख अमृत बस्नेत भन्छन् ,” सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा मात्र समस्या नभई सडक दुर्घटना समेत हुने गरेकाले पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले महानगरभित्र रहेका सबै छाडा चौपायालाई नियन्त्रणमा लिई महानगरपालिकाले तयार पारेको कान्जी हाउसमा राखिने छ।” महानगरभित्रको सडकमा मात्र नभई मुख्य हाईवेमा लाईट नभएको स्थानमा छाडा चौपायाका कारण अझ बढी समस्या हुने गरेको छ । सडक दुर्घटनाको झन्डै पाँच प्रतिशत सडक दुर्घटना छाडा चौपायका कारण हुने गरेको बस्नेतको भनाई छ ।

लकडाउन खुकुलो भएसँगै सडकमा सवारी साधनका चाप विस्तारै बढ्न थालेको छ । ट्राफिक व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापन पनि जरुरी रहेकाले आवश्यकता अनुसार यो कार्यलाई सरोकारवालाहरुसँग समन्वय गरी आगामी दिनमा पनि निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ । कास्की ट्राफिक र पाेखरा महानगरपालिकाले यसलाई स्थाई रूपमा समाधान गर्नका लागि आवश्यक पहल गरिरहेकाे छ । गाई बस्तुहरूलाई खुलेआम सडकमा नछाड्न समेत ट्राफिक प्रहरी कास्कीले अनुराेध गरेकाे छ । प्रहरी छाडा गाईबस्तु छाडेकाे फेला परेमा आवश्यक कारबाही समेत गरिने जनाएको छ ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।