चिनारी बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ४ ले मोबाइल बैंकिग एप्स संचालनमा ल्यायो 

चिनारी बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ४ ले मोबाइल बैंकिग एप्स संचालनमा ल्यायो 

कपन अनलाइन

काठमाडौं भाद्र १९। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित चिनारी बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिग एप्स संचालनमा  ल्याएको छ ।संस्थाले आज एक कार्यक्रमको  बीच आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको मोबाइल बैकिंग एप प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जानकारी गराएको हो  ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेल प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, बागमती प्रदेश बचत संघ लिमिटेडका लेखा समिति संयोजक केशब प्रसाद दंगाल गोकर्णेश्वर नगरपालिका आर्थिक बिभाग प्रमुख, वडा नं ८ का अध्यक्ष  एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, काठमाडौं बचत संघ कास्कुन तथा चिनारी साकोसका संचालक सदस्य रीता श्रेष्ठ लेखा समिति सदस्य ज्ञानलाल श्रेष्ठ लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता चिनारी साकोसका अध्यक्ष,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका संचालक न्हुछे नारायण श्रेष्ठ मिलनले गरेका थिए भने कार्यक्रम संचालन चिनारी साकोसका सचिब शिवहरि श्रेष्ठले गरेका थिए  ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले  मोबाइल बैंकिंग एपको उद्घाटन गर्दै सहकारीले मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताए ।  उनले महामारीको समय सहकारीले सञ्चालनमा ल्याएको मोबाईल बैंकिंङ एप डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत, सुरक्षित पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि भित्र्याएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमचिनारी सकोसले  सदस्य विस्तार समेत गर्नुको साथै उत्तरबाहिनि बोर्डिंग स्कुल बाट एस.ई.ई परिक्षा उत्तीर्ण गर्ने बिद्यार्थीहरुलाई सम्मान गर्नुको साथै रु ५ सयको सेयर समेत प्रदान गरेको थियो ।कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै सहकारीलाई समयानुकुल दु्रत गतिमा अगाडि बढाउन प्रविधि अपरिहार्य  रहेको बताए  । उनले  विद्यमान विषम् परिस्थितिले पनि सहकारीका सदस्यहरुलाई सहज, सुलभ र गुणस्तरीय सेवाका लागि प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको  बताएका थिए ।डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत, सुरक्षित पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि भित्र्याएकोमा खुशी व्यक्त गरेका थिए । कोभिड-१९ महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न सहज हुने बिश्वास ब्यक्त गर्दै एस ई ई उत्तीर्ण बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना सहित बधाई दिएका थिए।

कार्यक्रममा बागमती प्रदेश बचत संघ लिमिटेडका लेखा समिति संयोजक केशब प्रसाद दंगाल गोकर्णेश्वर नगरपालिका आर्थिक बिभाग प्रमुख, वडा नं ८ का अध्यक्ष एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई मायाको चिनो सहित सेयर प्रमाण पत्र प्रदान गरिएको थियो ।

अध्यक्षको आसन बाट बोल्दै  चिनारी साकोसका अध्यक्ष,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका संचालक न्हुछे नारायण श्रेष्ठ मिलनलेउपस्थित सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष नारायण श्रेष्ठले सदस्यहरुले सुरक्षित, सरल र भरपर्दो तरिकाले कारोबार गर्नको लागि मोबाईल बैंकिङ सुरु गरेको जानकारी गराएका थिए  । उनले मोबाइल बैंकिङ एपको पहुँतालाई मध्यनजर गर्दै सहकारीले सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि गरिने जानकारी  गराउदै बचत गर्ने बानीको विकास गर्नु पर्नेमा जोड दिएका थिए।

चिनारी बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी ग्राहकहरुले मोबाईल नं. रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने जानकारी गराएका थिए ।कोभिड-१९ महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्यसहित प्रविधि प्रयोगमा जोड दिइएको सहकारीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।