बुढानिलकण्ठमा विभाजनको बाछिटा:एमाले नेता हातपात गर्ने सल्लाहकार छुटाउन सांसद कार्कीको दौडधुप

बुढानिलकण्ठमा विभाजनको बाछिटा:एमाले नेता हातपात गर्ने सल्लाहकार छुटाउन सांसद कार्कीको दौडधुप

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

नेकपा एमाले विभाजनको बाछिटा बुढानिलकण्ठ नगरपालिकामा राम्रै संग देखिन थालेको छ। यसको पछिल्लो प्रकरण भने भाद्र १६ गते बुधवार देखिएको थियो।

फेसबुकमा राखेको स्टाटस र त्यसमा गरेको कमेन्टको निहुँमा नेकपा एमालेका काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव बिदुर विक्रम खड्का माथि नगरपालिकाका सल्लाहकार दुर्गा प्रसाद आचार्यले हातपात गरेको प्रकरणमा देखिएका घटनाक्रमले विभाजनको बिजोग खुल्ला रुपमा देखिएको हो।

हातपातमा उत्रिएका सल्लाहकार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई छुटाउन देखिएको बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको सक्रियता र दौडधुपले बुढानिलकण्ठ देखिएको विभाजनको अवस्थालाई छताछुल्ल पारिदिएको हो।

एकबिहान एमाले नेतालाई हातपात गरेर प्रहरी नियन्त्रणमा पुगेका सल्लाहकार आचार्यलाई छुटाउन प्रहरी वृत महाराजगंज पुगेका प्रदेस सभा सदस्य कार्की र हातपातमा परेका नेता खड्का विच चौकीमै भनाभन समेत भएको एक प्रत्यक्षदर्शीले बताएका छन। दशकौ देखि संगै सहकार्य गरेका प्रदेस सभा सदस्य कार्की नै आफुलाई आक्रमण गर्ने ब्यक्ति छुटाउन आउने अनुमान समेत नगरेका खड्का आश्चर्यचकित र आक्रामक बनेको उनले बताएका छन ।

यो पनि हेर्नुहोस :

https://kapanonline.com/archives/121188

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जसरि पनि नेकपा एमालेमा रोक्न प्रयास गरिरहेका र हरेक उपाय लगाएर भए पनि भर्खर बनेको नयाँ पार्टीमा सकेसम्म धेरै मान्छे तान्ने अभियानमा रहेका दुई पक्ष विच रहेको द्वन्द र प्रतिस्पर्धाको रुप पछिल्लो प्रकरणमा देखिएको एक बुद्दिजीवीले बताएका छन।

दुई ब्यक्ति विच सामाजिक संजालमा भएको वादप्रतिवाद सांघातिक हमला सम्म पुगेपछि देखिएको राजनीतिक रुपले बुढानिलकण्ठको राजनीति केहि दिन अझै तात्ने अनुमान पनि गर्न थालिएको छ ।

तपाइँको प्रतिक्रिया ।