कागेश्वरी मनोहरा नगरपालिकामा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, भाद्र १७ ।कागेश्वरी मनोहरा नगरपालिकामा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबारनगरपालिकाको आयोजना बालविकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा श्रम तथा सामाजिक सुरक्षा महाशाखा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वय र सहजीकरणमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख कृष्णहरि थापाले गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव विनोद प्रकाश सिंह, कागेश्वरी मनोहरा नगरपालिकाकि उप प्रमुख बिन्दु सिंखडा पुडासैनी प्रमुख प्रशासकीय अधिकृत गिरिराज प्रसाद ज्ञवाली, नगर शिक्षा अधिकारी गोबिन्द प्रसाद शर्मा, बालविकास समाजका अध्यक्ष सुबास गौतम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत बिनोद पौडेल, बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी, वर्ल्ड भिजन इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक भरत तामाङ, कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, २ नं. वडाका अध्यक्ष सुदर्शन धिमाल, ३ नं. वडाका अध्यक्ष राममणी पुडासैनी, ४ नं.वडाका अध्यक्ष भाइकाजी अधिकारी, ६ नं. वडाका अध्यक्ष प्रकाश फुयाँल, ७ नं.वडाका अध्यक्ष जीवन थापा, ८ नं.वडाका अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई र ९ नं.वडाका कार्यबाहक वडा अध्यक्ष रामहरी गौतम, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी, स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला लगायतको उपस्थिति रहेको थियो कार्यक्रम संचालन कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख अनिता तामाङले गरेकी थिइन ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडालेस्वागतम मन्तब्य राख्दै महिला, बालबालिका लगायत लक्षित वर्गको हक हितका लागि नगरपालिकाले कार्य गरिरहेको र नगरले लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमासमेत विशेष ध्यान दिदै आएको जानकारी गराएकी थिइन ।कार्यक्रममा बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदीले कार्यक्रमको उदेश्य माथि प्रकास पारेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव विनोद प्रकाश सिंह, र शाखा अधिकृत बिनोद पौडेलले बालश्रम निवारणका लागि मन्त्रालयले गर्दै आएको काम , बालबालिकाको परिभाषा , बाल काम बालबालिकाले गर्ने बिभिन्न प्रकारका काम बाल श्रम, बाल श्रम छुट्टयाउने सूचक, बाल श्रम निवारण गर्न किन आवश्यक ?, नेपालको संबिधानमा बालबालिका संरक्षण तथा व्यक्तित्व विकास सम्बन्धि मौलिक हक, नेपालले पारित गरेको बालबालिका तथा बाल श्रम सम्बन्धि अन्तर्राष्ट्रिय सन्धि , बाल श्रम निवारणमा भएका प्रयासहरु बालश्रम निवारणमा चुनौती, र बालश्रम घोषणा कार्यविधि २०७७ को बारेमा प्रस्तुतीकरण गरेका थिए भने मन्त्रालयले बालश्रममुक्त स्थानीय तह घोषणाका लागि स्थानीय तहहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउदै सबै जनप्रतिनिधिहरुलाई बालश्रम मुक्त स्थानीय तह घोषणाका लागि सक्रिय भएर लाग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक भरत तामाङ,वडा अध्यक्षहरुको तर्फ बाट नगर प्रवक्ता एबम वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी लगायतले आफ्नो भनाइ राखेका थिए ।कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरपालिकाले बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक कार्य गरिरहेको बताउदै अभिमुखीकरण कार्यक्रमले नगरपालिकालाई बालश्रम घोषणा गर्न महत्वपूर्ण सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । बाल अधिकारको संरक्षण गरी, बालश्रम मुक्त समाजको निर्माण गर्न बालबालिकालाई श्रममा भन्दा शिक्षामा जोड दिन नगरले बिभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको जानकारी दिदैनगरपालिका बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउदै नगर प्रमुख थापाले वडा वडा बाट बाल श्रम मुक्त वडा घोषणा गर्दै लाने पनि जानकारी गराएका थिए ।