नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिका लागि राजाराम बुढाथोकीले तयारी तीव्र बनाए

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिका लागि राजाराम बुढाथोकीले तयारी तीव्र बनाए

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिका लागि राजाराम बुढाथोकीले  तयारी तीव्र बनाएका छन। १४ औ महाधिवेसनको मिति नजिकिदै गर्दा नगर सभापतिमा उठ्ने घोषणा गरेका बुढाथोकीले अहिले भेटघाट र छलफललाई निकै तीव्र बनाएका छन ।

पद भन्दा प्रणाली व्यवस्थित गर्न आफ्नो उम्मेदवारी हुने बताउदै आएका बुढाथोकी अहिले तल्लो तह र माथिका नेताहरु संग सघन छलफलमा रहेका छन भने निर्वाचनमा पदमुखी प्रवृति हावी हुँदा नराम्रो पराजय भोगेको आफुले गम्भीर मनन गरेको भन्दै अवका दिनमा योगदान र त्यागको सम्मान गर्ने प्रणालीको विकास गर्न लाग्ने भन्दै मत मागिरहेका छन।

नेपाली कांग्रेस साविक कपन गाविस इकाई सभापति र नेपाली कांग्रेसको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा पार्टी प्रतिनिधि समेत रहेका बुढाथोकीले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै आएका छन।

तपाइँको प्रतिक्रिया ।