एमाले नेता विदुर विक्रम खड्कालाई हातपात गर्ने बुढानिलकण्ठका सल्लाहकार आचार्य प्रहरी खोरमा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
बुढानिलकण्ठ का सल्लाहकार आचार्यले नेकपा एमालेका नेता विदुर विक्रम खड्कालाई हातपात गरेका छन। नगरपालिकाको सल्लाहकार भए देखि नै भत्ता र सत्ता खोजेर नगर प्रमुख उद्दव खरेललाई हैरान बनाएका सल्लाहकार दुर्गा प्रसाद आचार्यले बुधवार बिहान बुढानिलकण्ठको पुष्पान्जली क्याफेमा एक्कासी हातपात गरेका हुन्।
सामाजिक संजाल फेसबुकमा गरेको कमेन्टका कारण एक्कासी हातपातमा उत्रिएका आचार्य अहिले प्रहरी प्रभाग बुढानिलकण्ठको नियन्त्रणमा रहेका छन।आफु माथि विनाकारण एक्कासी आक्रमण भए पछी खड्काले प्रहरीमा दिएको जाहेरीका आधारमा आचार्यलाई पक्राउ गरिएको हो।
आफु माथि भएको आक्रमणको छानविन सहित दोषीलाई आवस्यक कारवाहीका लागि प्रहरी वृत महाराजगंजमा उजुरी दिने तयारी गरेको बताउदै नेकपा एमाले काठमाण्डौ सचिवालय सदस्य तथा कार्यालय सचिव खड्काले संगै आफु सम्पत्ति सुद्दिकरण विभागमा पनि उजुरी दिने तयारीमा रहेको जानकारी दिएका छन।