काठमाण्डौ क्षेत्र नं ५ मा महासचिव ईश्वर पोखरेलको सक्रियता,संगठन विस्तारमा जोड
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ५ मा संगठन विस्तार र परिचालनलाई द्रुत गतिमा अगाडी बढाएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र रहेको काठमाण्डौ – ५ मा पार्टी र जन संगठन गठन,पुनर्गठन र परिचालनलाई तीव्रता दिइएको हो।
महासचिव ईश्वर पोखरेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनहरुसँग भेटघाट र छलफल गरेका छन् । छलफलमा नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यहरु सहभागी रहेका थिए ।
भेटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलागयतको उपस्थिति थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य सिलवालको संयोजनमा आयोजना गरिएको पुनर्गठित जनवर्गीय संगठनको भेलामा पोखरेलले महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरेका थिए । ‘त्यसका लागि पार्टीको तर्फबाट सबै सहयोग हुनेछ,’ उनले भने, ‘प्रदेश र वडा कमिटीले तपाईंहरुलाई सहयोग गर्नेछन् ।’
कार्यक्रममा प्रदेश सांसद सिलवालले सबै किसिमका सहयोगको लागि आफू तयार रहेको भन्दै नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न हौसला दिएका थिए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरेका थिए भने । युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने बताएका थिए ।
त्यसैगरी, वडा कमिटी अध्यक्ष प्रजापतिले सबै किसिमका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए भने अखिल नेपाल महिला संघकी वडा कमिटी अध्यक्ष हरिकला केसीले महिलालाई सबै क्षेत्रमा विशेष प्राथमिकता दिन आग्रह गरेकी थिइन् ।