नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.राजेन्द्र पौडेलको दावी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.राजेन्द्र पौडेलको दावी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधिमा डा.राजेन्द्र पौडेलले  दावी गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी पेशाले इन्जिनियर हुन।

नेपाल बिद्यार्थी संघ  पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस पाेखराका  पूर्व सभापति पौडेल ईन्जिनियरिङ क्याम्पस पुल्चाेकको सचिवका रुपमा पनि सक्रिय रहेका थिए।

नेपाल प्रजातान्त्रिक ईन्जिनियर एशाेसियसनका पूर्व उपसभापति पौडेल  पूर्वाधार बिकास अभियन्ता ( IDEA, Nepal ) को अध्यक्षका रुपमा सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।

IPAC क्षेत्र नं ४ काे सदस्य र कपन बहुमुखी क्याम्पस व्यवस्थापन समिति सदस्य रहेका उनि  गण्डकी सामाजिक प्रतिष्ठानकाे सदस्य रहनुका साथै  विभिन्न सामाजिक एंव साहित्यिक प्रतिष्ठानहरुमा आबद्द रहेका छन।

तपाइँको प्रतिक्रिया ।