भोट हो मैले लिने एक पटक खोजे हुन्छ : गणेश कुमार मिश्र ( गीत )

भोट हो मैले लिने एक पटक खोजे हुन्छ : गणेश कुमार मिश्र ( गीत )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।

भोट हो मैले लिने एक पटक खोजे हुन्छ
चुनाव आएको बेला जन घर रोजे हुन्छ ।

दु:खको रापमा परुन्  या मरुन् भोकले जली
बर्ष यसैगरि बित्छन् शब्द जाल्ले छलीछली ।
हिजो लिने लिई सके आगतमा जोजे हुन्छ
चुनाव आएको बेला जन घर रोजे हुन्छ ।

जनताको काममा भन्दा दाममा ध्यान दिनुछ
जालझेल गरी शक्ति अवश्य हात लिनुछ ।
चर्काे भाषण गरिकन  अविवेकी पुजे हुन्छ
चुनाव आएको बेला जन घर रोजे हुन्छ ।

शरीर मरोस् तर हात सधैं ठडिदिए हुन्छ
त्यही हातको प्रयोग गरी बर्सौ भोट दिए हुन्छ ।
जीत मेरो हुनै  पर्छ जहाँ जे जे हुन्छ हुन्छ
चुनाव आएको बेला जन घर रोजे हुन्छ ।

तपाइँको प्रतिक्रिया ।