काठमाडौँ महानगरपालिकामा आज बाट भेरोसेल खोप,कहाँ कहाँ छन खोप केन्द्र ?

काठमाडौँ महानगरपालिकामा आज बाट भेरोसेल खोप,कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

काठमाडौँ महानगरपालिकामा आज खोप कार्यक्रम बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म भेरोसेल खोपको [पहिलो मात्रा लगाइदै छ  ।

चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सोभन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो ।

महानगरपालिकाको ३२ वडाका खोप केन्द्र सँगै राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि  खोप केन्द्रका रूपमा विस्तार गरिएको छ ।

आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।