नेकपा एमाले बुढानिलकण्ठ-३ का तिन जनसंगठन घोषणा

नेकपा एमाले बुढानिलकण्ठ-३ का तिन जनसंगठन घोषणा

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ शाखा कमिटीले तिन वटा जन संगठनलाई पूर्णता दिदै घोषणा गरेको छ । वडा नं ३ को बुढानिलकण्ठ पार्टी प्यालेसमा नगर प्रमुख तथा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको भेलाले रास्ट्रिय युवा संघ नेपाल , अनेम संघ नेपाल र बुद्दिजीवी सहयोग समिती घोषणा गरेको हो।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल , युवा संघ क्षेत्र नं ५ का उत्प्रेरक अमित लामा , अनेम संघ केन्द्रीय सदस्य सरिता निरौला ,बुढानिलकण्ठ अध्यक्ष निर्मला खड्का लगायतको उपस्थितिमा भएको भेलाले सुवाष तामाङको अध्यक्षतामा २१ सदस्यीय युवा संघ वडा कमिटी घोषणा गरिएको थियो ।

त्यस्तै उक्त भेलाले वडा कमिटीलाई पूर्णता दिदै सचिवालय र विभिन्न जन संगठनका इन्चार्जहरु पनि तोकेको थियो ।

तपाइँको प्रतिक्रिया ।