लिखु -४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई ३१ लाख २५ हजार कित्ता साधारण शेयर

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

ओखलढुंगा र रामेछापको सिमास्थालमा निधार्णधिन ५२.२ मेगावाट क्षेमताको लिखु ४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाख मुल्य बराबरको ६२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । जारी गरिने शेयरमध्ये करिब ३१ करोड २५ लाख मुल्य बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई निष्काशन गर्ने तयारी गरेको हो ।

आयोजना प्रभाबित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिका स्थित वडा नम्बर ९ पोकली , खजीदेम्बा गाउँपालिकाको वडा नम्बर १ ,२ र ३ नम्बर वडाका नागरिकलाई साधारण शेयर जारी गरिने छ । त्यस्तै रामेछापतर्फको गोकुलगंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासका प्रभाबित क्षेत्रका नागरिकलाई साधारण शेयर जारी गरिनेछ ।

लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागीएको शेयरका लागी बाकीँ ३१ करोड २५ लाख मुल्य बराबरको ३१ लाख २५ हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अथार्त करिब १ लाख ५६ हजार २ सय ५ कित्ता शेयर कर्मचारीका लागी छुट्याईने छ ।

यस बाहेक बाकीँ रहेको २९ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर आम सर्वसाधारणका लागि निष्काशन गरिने नागरिक लगानी कोषका उपनिर्देशक घिमिरेले बताए । निमार्ण कम्पनी ग्रीन भेन्चर्स लिमिटेडल द्धवारा निर्मित लिखु ४ जलबिद्युत अयोजनाको शेयर खरिदका लागी सर्वसाधारणको डिम्याट खाता अनिबार्य गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।