जनकल्याण मावी बौद्ध महांकालमा वडा सदस्यको फेसबुक राजनीति : शिक्षक कटवाल तनावमा

जनकल्याण मावी बौद्ध महांकालमा वडा सदस्यको फेसबुक राजनीति : शिक्षक कटवाल तनावमा

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध महांकालमा रहेको जनकल्याण मावीमा चलेको  फेसबुक राजनीतिले तयस विद्यालयका एक शिक्षक तनावमा परेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ६ का सदस्य नरेन्द्र कुमार थापा ( भगवान ) ले आफ्नो सामाजिक संजालमा साउन २९ गते राखेको फेसबुक पोस्टका कारण सो विद्यालयका प्रसासन प्रमुख सुरेस कुमार कटवाल निकै तनावमा परेका छन।

कटवालले नेपाली कांग्रेसको भातृ संगठन नेपाल शिक्षक संघको सदस्यता लिएको भन्दै फोटो सहितको पोस्ट थापाको सामाजिक संजालमा आए संगै तनावमा परेका शिक्षक कटवालले आफ्नो सामाजिक संजालमा लेख्दै आफु कतै नगएको प्रस्ट पारेका छन ।

सदस्य थापाले सामाजिक संजालमा राखेको पोस्ट :

थापाको पोस्टका कारण निकै खैलाबैला मच्चिएपछि तनावमा परेका शिक्षक कटवालले आफ्नो सामाजिक संजाल मार्फत  अन्य प्रयोजनका लागि खिचिएको फोटोलाई  दुरुपयोग गरिएको भन्दै आफु एकीकृत नेपाल शिक्षक संगठनमा क्रियाशील रहेको र रहने बताएका छन।

शिक्षक कटवालको पोस्ट :

 

 

 

 

तपाइँको प्रतिक्रिया ।