गोकर्णेश्वर ३ मा गाम्चा युवा क्लब उद्घाटन र वृक्षारोपण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ३ मा गाम्चा युवा क्लब उद्घाटन  र  वृक्षारोपण  कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, श्रावण ३१ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चा युवा क्लबको उद्घाटन तथा  वृक्षारोपण  कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीचगोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेले क्लबको उद्घाटन गरेका हुन्।  क्लबको अध्यक्ष जुठे नगरकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा सदस्य लक्ष्मी भण्डारी, वडा सदस्य लक्षमण गोले , महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख  प्रहरी नायब निरीक्षक रामजी घिमिरे, समाजसेवी जयराम बिष्ट लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ क्लबका सचिब कुमार नगरकोटी  स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले  गाम्चालाइ पर्यटकीय गाउँ बनाउने उदेश्यले क्लबको स्थापना गरेको बताए । साथै सडकको पेटिमा बिभिन्न सौन्दर्य  प्रजातिका  फूलका बोट बिरुवा रोपेर सडकलाइ सुन्दर बनाइ सरसफाईलाई बढि प्राथमिकता दिने समेत बताए।कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख शान्ती नेपालले युवा शक्तिले परिवर्तन ल्याउन सक्ने भएकोले एक जुट भएर काम गर्न अनुरोध गरेकी थिइन । उनले क्लब मार्फत रचनात्मक सामाजिक  काम गर्न समेत अनुरोध गरेकी थिइन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेलेगाम्चामा जोस जाँगरका साथ युवाहरु विउँझिएको र नयाँ उर्जा थपिएको भन्दै नगरबाट गर्नुपर्ने साथ र सहयोग  सदैब रहने बताएका थिए । उनले युवाहरु एकजुट भए भने असम्भवलाई सम्भव बनाउन सकिने बताउदै रोपेका बिरुवाहरुको संरक्षण गर्न समेत अनुरोध गरेका थिए ।जगडोल भञ्ज्याङ देखि गाम्चा पिपलबोट सम्म करिब ११५  वटा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको  थियो ।उक्त वृक्षाको सुरक्षा गर्नका लागि जाली विभिन्न संघ–संस्था, समाजसेवी, व्यापारी लगायतका व्यक्तिहरुद्वारा सहयोग प्रदान गरेका थिए । कार्यक्रम संचालन अमृता केसी (रोनी) र हरिबोल बिष्टले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।