प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न जाने तयारीमा रहेका शिक्षकहरु पक्राउ

प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न जाने तयारीमा रहेका शिक्षकहरु पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन २९ ।

प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न जाने तयारीमा  रहेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई टङ्गालस्थित टङ्गाल माविबाट पक्राउ गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफ्नो माग राख्न टङ्गाल माविमा जम्मा भएका नेपाल शिक्षक महासंघका शिक्षकहरुलाई विद्यालय प्राङ्गणबाटै पक्राउ गरिएको हो ।

प्रहरीले ५० जनाभन्दा बढी शिक्षकलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । टङ्गाल मावि परिसरभित्र अझै शिक्षकहरु आन्दोलनरत छन् ।

तपाइँको प्रतिक्रिया ।