सांसद कृष्ण राईको व्यंग्य : खोप नपाए मेरो निर्वाचन क्षेत्रको म:म पसलमा पाइन्छ

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले कोरोनाको खोप अन्त नपाए आफ्नो निर्वाचन क्षेत्रको गोकर्णेश्वर नगरपालिकाको म:म पसलमा पाइने भन्दै व्यंग्य गरेका छन।

केहि दिन अगाडी गोकर्णेश्वर नगरपालिकाको एक म :म  पसलमा कोरोनको खोप लगाएका एम्पल सहित लगाउने ब्यक्तिलाई स्थानीयले प्रहरीलाई बुझाउदा पनि कुनै कारवाही नभएको भन्दै सांसद राईले यसमा नेपाली कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन।

त्यस्तै नेकपा एमाले काठमाण्डौका अध्यक्ष समेत रहेका राईले जोरपाटी – सुन्दरीजल सडक ,महांकाल -आरुवारी सडक र गुहेश्वरी – जोरपाटी सडकको बेहाल अवस्था भएको वर्षौ भैसक्दा पनि निर्माण सम्पन्न हुन् नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउदै जनसरोकारका मुद्दामा विचार गर्नका लागि आग्रह समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।