श्री मदन आश्रित आदर्श आधारभुत बिध्यालय बुढानिलकण्ठ ४ को भवन शिलान्यास

श्री मदन आश्रित आदर्श आधारभुत बिध्यालय  बुढानिलकण्ठ ४ को  भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ, श्रावण २८।   बुढानिलकण्ठ नगरपालिका वडा नं ४  क्वाटोलमा संचालित श्री मदन आश्रित आदर्श आधारभुत बिध्यालय को भवन शिलान्यास गरिएको छ ।बुधबार एक कार्यक्रमका बीच उक्त बिद्यालय भवनको   बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलभुमि पुजन सहित शिलान्यास गरेका हुन । चार कोठाको हुने उक्त भवन  नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन इकाई जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा बाट  प्राप्त ६९ लाख ७४ हजार ४सय २९ रुपैया ११ पैसाको लागतमा निर्माण हुन लागेको सो भवन २०७८ साल मंगसिर १० गते सक्ने लक्ष्य निर्माण कम्पनिको रहेको जानकारी गराइएको  थियो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाका अर्जुन रायमाझी वडा अध्यक्ष राजु खड्का, वडा सदस्य शिबराम भण्डारी ,श्रीराम के सि,स्थानीय समाजसेवी धुर्वराज जोशी, बिद्यालयका शिक्षक शिक्षिकाहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।  कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित उक्त शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख  उद्धव खरेलले  खुसि ब्यक्त गर्दै भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन अनुरोध गर्दै   निर्माण कार्यको स्थानीयले  समेत आफ्नो सम्पत्ति ठानेर निरन्तर अनुगमन र खबरदारी गर्न अनुरोध गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दैबिद्यालय प्रधानाध्यापक राजाराम भण्डारीले बिधालय भवन  निर्माण गर्न हरेक स्थानबाट सहयोग  गर्ने सबैलाई धन्यवाद दिएका थिए   ।

तपाइँको प्रतिक्रिया ।